header AD
संक्षिप्त विवरण

यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेव मन्दिरको नामबाट यस गाउँपालिको नाम दुप्चेश्वर राखिएको हो । दुप्चेश्वर महादेव मन्दिरको उत्पत्ति सन्दर्भमा पनि विभिन्न प्रकारका पैराणिक जनश्रतिहरु रहेको पाइन्छ । पौराणिक कथन अनुसार करब चारसय वर्षअघि पक स्थानीय तामाङ्को दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरु ठाडो पहरोमा हेको उत्त स्थानमा लट्ठा चढी हेर्न जाँदा उत्त गाईले स्वउपत्ति भएका महादेवको मन्दिर आफ्नो चारवटै थुनबाट दूध वढाइरहेको भेटिएपछि "दूधेश्वर" बाट उपभ्रंश हुँदै "दुप्चेश्वर" नामकरण हुन गएको भनाइ छ । त्यसैगरि, अर्को एक जनश्रतिअनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुन्ड जाँदा दुप्चेश्वरमा आएको भनाइ रहेको पाइन्छ ।

दुप्चेश्वर गाउँपालिका पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको छ । यो गोसाइकुन्ड जाने पद्रमार्ग यो गाउँपालिका पर्दछ । दुप्चेश्वर गाउँपालिका स्थानिय तह पुनसंरचनापशचात् निर्माण भएको गाउँपालिका हो । यस गाउँपालिकाको सदरमुकाम समुन्द्रटारमा रहेको छ । नुवाकोट जिल्लाका साविकको इलाका नं १२ का केहि र १३ का सवै साविक गाविस हरुलाई मिलाएर बनाइएको हो । दुप्चेश्वर गाउँपालिका अन्तरगतका साविक गाविसहरुमा शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतिनी र घ्याङ्फेदी हुन् ।

 

 

आधारभूत जानकारी
Bagmati
Nuwakot
गाउँपालिका
131.62 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 21005
Male 10474
Female 10531
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available